बहाल कर सङ्कलनको समस्या हटाउन सङ्घीय सरकारलाई काठमाण्डौ महानगरको आग्रह

काठमाडाैं | असार ५, २०८०

बहाल कर सङ्कलनको समस्या हटाउन सङ्घीय सरकारलाई काठमाण्डौ महानगरको आग्रह

काठमाण्डाै:  काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले बहाल कर सङ्कलनको विषयमा सिर्जना भएको अन्योल हटाउन सङ्घीय सरकारलाई आग्रह गर्नुभएको छ ।

 

संस्थागत बहाल करदाताहरूले तिर्नुपर्ने कर नतिर्दा काठमाण्डौ महानगरको वार्षिक आयमा झन्डै एक अर्ब ४३ करोड ४० लाख रुपैयाँ क्षति भएको छ । घरबहाल कर सङ्कलन गर्ने सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई पत्र लेख्दै मेयर शाहले यस्तो बताउनुभएको हो ।

 

बहाल आयमा लाग्ने कर सङ्कलनकाे अधिकार संविधानले पालिकालाई मात्र दिएको भन्दै मेयर शाहले यसबाट सिर्जना भएको अन्योल तत्काल हटाउन सङ्घीय सरकारलाई आग्रह गर्नुभएको हो ।

 

पत्रसँगै संवैधानिक तथा कानुनी प्रबन्धहरू संलग्न गरेर पठाइएको पत्रमा मेयर शाहले अबदेखि घर बहाल कर पालिकाबाहेक कसैले सङ्कलन गर्न नपाउने सुनिश्चित गर्न पहल गरिदिन वित्त आयोगलाई आग्रह गर्नुभएको छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्